मंगलबार, भदौ ९, २०८३

कस्तो बन्दैछ ओली क्याबिनेट?

अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, रघुवीर महासेठ र जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी छ। रघुवीरलाई परराष्ट्र र राजेन्द्र महतोलाई सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन लागिएको हो।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको 'व्यापक' हेरफेर गर्ने भएका छन्। ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बिदा गरेर तीन जना उपप्रधानमन्त्री बनाउने तयारी गरेका हुन्।

अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, रघुवीर महासेठ र जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी छ। रघुवीरलाई परराष्ट्र र राजेन्द्र महतोलाई सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिने तयारी गरिएको ओली निकट एक नेताले बताए।

हालको सरकारमा सहभागी एमालेका चार मन्त्रीबाहेक सबै मन्त्री पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी छ। एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेकका सबै मन्त्री पदमुक्त गर्ने ओलीको तयारी रहेको स्रोतले जानकारी दिएको छ।

एमालेबाट मन्त्री बनेकाहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त हुनेछन्।

प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका २ राज्यमन्त्रीसहित १० जनालाई मन्त्री बनाउने निश्चित भइसकेको छ।

एमालेबाट सरकारमा सहभागी हुने केही नेताको नाम भने खुल्न सकेको छैन।

यस्तो बन्दैछ नयाँ मन्त्रिपरिषद्
केपी शर्मा ओली :  प्रधानमन्त्री

विष्णुप्रसाद पौडेल : उपप्रधान तथा अर्थ
रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्र

शेरबहादुर तामाङ : स्वास्थ्य तथा जनसंख्या

कृष्ण गोपाल श्रेष्ठ : विज्ञान, प्रविधि तथा शिक्षा

बसन्त नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ : कानुन न्याय तथा संसदीय मामिला


जसपाबाट

राजेन्द्र महतो : उपप्रधानसहित सहरी विकास

शरदसिंह भण्डारी : ऊर्जा जलस्रोत तथा सिँचाइ

अनिलकुमार झा :खानेपानी

लक्ष्मणलाल कर्ण : भूमिसुधार तथा व्यवस्था

विमल श्रीवास्तव : श्रम तथा रोजगार सामाजिक सुरक्षा

उमाशंकर अरगरिया : वन तथा वातावरण

एकवाल मियाँ : युवा तथा खेलकुद

चन्दा चौधरी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेनुका गुरुङ : महिला बालबालिका राज्यमन्त्री

प्रकाशित: Jun 04, 2021| 13:29 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।