मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्ष छोडेर ओली समूहमा लागेका तामाङ दम्पती नै मन्त्री

नेपाल पक्ष छोडेर ओली समूहमा लागेका तामाङ दम्पती नै मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। उनको शुक्रबार नै सपथ हुने तयारी गरिएको छ। शेरबहादुरकी पत्नी प्रदेश १ मा सामाजिक विकास मन्त्री छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। उनको शुक्रबार नै सपथ हुने तयारी गरिएको छ। शेरबहादुरकी पत्नी उषाकला राई प्रदेश १ मा सामाजिक विकास मन्त्री छन्।

पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव समूहमा लागेका थिए। प्रचण्ड–माधव समूहको भेला, प्रदर्शन र कार्यक्रमहरूमा सहभागी हुने गरेको यो दम्पती फागुन ८ मा भने ओली समूहमा फर्किएको थियो। 

शेरबहादुर  तामाङ प्रतिनिधि सभाको गत निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए भने प्रदेश १ को प्रदेशसभामा उषाकला समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।

यसअघि पनि कानुनमन्त्री बनिसकेका तामाङले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूका विषयमा ‘विवादास्पद अभिव्यक्ति’ दिएपछि राजीनामा दिएका थिए।

प्रकाशित: Jun 04, 2021| 13:02 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।