मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनमा उत्पादित सिनोभ्याक खोपलाई नेपालमा प्रयोगको अनुमति

चीनमा उत्पादित सिनोभ्याक खोपलाई नेपालमा प्रयोगको अनुमति

सरकारले चीनमा उत्पादित कोरोनाविरुद्धको ‘सिनोभ्याक’ खोपलाई प्रयोगको अनुमति दिएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- सरकारले चीनमा उत्पादित कोरोनाविरुद्धको ‘सिनोभ्याक’ खोपलाई प्रयोगको अनुमति दिएको छ।

चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेस कम्पनी लिमिटेडले उत्पादन गरेको यो खोपलाई शुक्रबार सरकारले प्रयोगको अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ। यो खोपलाई गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

शुक्रबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको बैठकले १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई यो खोप लगाउन अनुमति दिने निर्णय गरेको हो। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिने विभागले सूचनामा उल्लेख गरेको छ।

यसअघि नेपालले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरो सेल खोपलाई प्रयोगको अनुमति दिइसकेको छ। उक्त खोप प्रयोग भइरहेको छ। त्यस्तै भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र कोभ्याक्सिन तथा रुसी खोप स्पुतनिक भीलाई प्रयोगको अनुमति दिइसकेको छ।

प्रकाशित: Jun 04, 2021| 13:01 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।