मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महतो, पौडेल र महासेठसहित तीन उपप्रधानमन्त्री, पोखरेल पदमुक्त हुँदै

महतो, पौडेल र महासेठसहित तीन उपप्रधानमन्त्री, पोखरेल पदमुक्त हुँदै

प्रधानमन्त्री ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउन लागेका हुन्
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– कोपी ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउन लागेका हुन्। एमालेका अर्का नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाउने तयारी भएको ओली निकट स्रोतले जानकारी दियो। यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतो यसअघि नै उपप्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ।

‘पौडेल र महासेठ उपप्रधानमन्त्री बन्दै हुनुहुन्छ। बाँकी मन्त्री  पनि फेरिन सक्ने सम्भावना छ’, ओली निकट एक नेताले भने।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि जिम्मेवारीबाट मुक्त गर्न लागिएको स्रोतले बताएको छ। उनी एमालेको सांगठनिक काममा सक्रिय रहने बताइएको छ। ‘पौडेल र महासेठ उपप्रधानमन्त्री बन्दै हुनुहुन्छ। बाँकी मन्त्री  पनि फेरिन सक्ने सम्भावना छ’, ओली निकट एक नेताले भने। परराष्ट्रमन्त्रीबाट प्रदीप ज्ञवालीलाई बिदाइ गरेर महासेठलाई परराष्ट्र जिम्मेवारी दिन लागिएको हो। ती नेताका अनुसार स्वास्थ्य तथा जन संख्यामन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिन लागिएको छ।

एमालेका कार्यलय सचिवसमेत रहेका उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । एमाले संसदीय दलका नेता सुबास नेम्बाङले प्रधानमन्त्रीले मन्त्रीपरिषद् हेरफेर गर्न लागेको भन्दै आज एमालेबाट पौडेल र महासेठले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्रमशः अर्थ र परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित शपथ लिन लागेको बताए।

प्रकाशित: Jun 04, 2021| 12:48 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।