मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेका ४ मन्त्रीबाहेक सबैलाई पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

एमालेका ४ मन्त्रीबाहेक सबैलाई पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेकका सबै मन्त्री पदमुक्त गर्ने ओलीको तयारी रहेको स्रोतले जानकारी दिएको छ। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलको 'व्यापक' हेरफेर गर्ने तयारी गरेका छन्। केपी शर्मा ओली सरकारमा सहभागी भएका एमालेका चार मन्त्रीबाहेक सबै मन्त्री पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी छ। 

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेकका सबै मन्त्री पदमुक्त गर्ने ओलीको तयारी रहेको स्रोतले जानकारी दिएको छ। 

एमालेबाट मन्त्री बनेकाहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त गर्ने ओलीको तयारी रहेको बताइएको छ। 

प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका २ राज्यमन्त्री सहित १० जनालाई मन्त्री बनाउने निश्चित भएपछि एमालेका केही मन्त्रीहरू बहिर्गमनमा पर्ने भएका हुन्। 

ओलीले जसपाका राजेन्द्र महतोलाई उपप्रधानमन्त्री दिने तय भइसकेको छ। यस्तै विष्णु पौडेललाई पनि उपप्रधानमन्त्री बनाउने तयारी रहेको बताइएको छ। 

 

प्रकाशित: Jun 04, 2021| 12:38 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।