मंगलबार, भदौ ९, २०८३

महामारीमा १९ पत्रकारको मृत्यु

कोरोना भाइरस संक्रमणबाट १९ पत्रकारको निधन भएको प्रेस काउन्सिलले जनाएको छ। यस्तै ९ सय पत्रकार संक्रमित भएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट १९ पत्रकारको निधन भएको प्रेस काउन्सिलले जानकारी दिएको छ। यस्तै ९ सय पत्रकार संक्रमित भएको र तीमध्ये २ सय संक्रमित रहेको काउन्सिलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

३० जना पत्रकारको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काउन्सिलका अनुसार ५ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ। 

काउन्सिलले महामारीको निहुँ बनाएर कुनै पत्रकारलाई पनि सेवाबाट नहटाउन, कामबाट वञ्चित नगर्न, ऐन–नियमले तोकेबमोजिम तत्काल सेवासुविधा उपलब्ध गराउन सञ्चार गृहहरुलार्ई अनुरोध गरेको छ।

प्रकाशित: Jun 04, 2021| 12:37 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।