काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अहिले पनि पार्टी एकताबद्ध होस् भन्ने पक्षमा नै रहेको बताएका छन्। आफू निकट केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको भर्चुअल बैठकलाई शुक्रबार समापन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता नेपालले केन्द्रीय कमिटी र स्थायी कमिटीका नेताहरूको धारणा सुनेपछि आफ्नो भनाइ राखेका हुन्।
‘म अहिले पनि पार्टी एक भएर जाओस् भन्ने नै चाहिरहेको छु,’ नेपालको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य झपट रावलले भने। पार्टीलाई फुट हुनबाट जोगाउन आफूहरुको तर्फबाट अन्तिम पहल गर्नुपर्ने नेता नेपालको निष्कर्ष भएको रावलको भनाइ छ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संरचना २०७५ जेठ २ फर्काएर पार्टीलाई एकताबद्ध राख्नुपर्नेमा नेपाल पक्षले अडान लिँदै आएको छ।