काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहरजस्तै तेस्रो र चौथो लहर आउन सक्ने सम्भावना रहेको औंल्याएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यसका लागि २० प्रतिशत शय्या छुट्याउन अस्पताललाई निर्देशन दिएको हो।
मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवा संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित हुन पुगेको छ।’ यस्तै मन्त्रालयले अक्सिजनको वैकल्पिक व्यवस्था गर्न पनि आाग्रह गरेको छ।
मन्त्रालयले भनेको छ, ‘दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आाउन सक्ने र त्यस बेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजरगर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ।’