मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाले रोजगारमा पारेको असरबारे प्रदेश २ सरकारले अध्ययन गर्दै 

कोरोनाले रोजगारमा पारेको असरबारे प्रदेश २ सरकारले अध्ययन गर्दै 

प्रदेश २ मा कोरोना संक्रमण तथा त्यसलाई रोक्न लगाइएको निषेध आदेशका कारण प्रदेश २ को रोजगारमा परेको असरबारे सरकारले अध्ययन सुरु गरेको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमण तथा त्यसलाई रोक्न लगाइएको निषेध आदेशका कारण प्रदेश २ को रोजगारमा परेको असरबारे सरकारले अध्ययन सुरु गरेको छ।

प्रदेश सरकारले कोरोनाबाट रोजगारमा परेको असरहरुका साथै भावी योजना तथा अवसरहरुबारे अध्ययन सुरु गरेको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको पीएलजीएसपीको संयोजनमा सुरु भएको अध्ययनको आधार र यसबाट प्राप्त हुने उपलब्धिबारे परामर्शदाता तथा सरोकारबलाहरुबीच भर्चुअल संवादसमेत गरिएको छ। 

प्रमुख सचिव गोकर्ण मणि दुवाडीको अध्यक्षता एवं मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको भर्चुअल संवादमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश सरकारका सचिवहरु तथा विज्ञहरुले अध्ययनको आधार र त्यसमा सुधार गर्नुपर्ने विषयमा सुझावहरु राखेका थिए।

सरोकारबलाहरुको सुझावपछि मुख्यमन्त्री राउतले अध्ययनबाट आउने सुझावहरुले प्रदेश सरकारलाई आगामी दिनमा नीति निर्माण गर्न सहयोग हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Jun 04, 2021| 12:07 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।