मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महतो उपप्रधानमन्त्री, जसपाका नेताले कुनकुन मन्त्रालय पाए? (सूचीसहित)

महतो उपप्रधानमन्त्री, जसपाका नेताले कुनकुन मन्त्रालय पाए? (सूचीसहित)

सपा नेताहरू वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन लागेका छन्। थपिएका मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– जसपा नेताहरू वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन लागेका छन्। थपिएका मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। महतोलाई उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। 
दिउँसो प्रधानमन्त्रीसँग भएको साढे तीन घण्टा लामो छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची बुझाएका थिए। 

जसपा कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र झाका अनुसार शरतसिंह भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई खानेपानी, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी एकवाल मियाँलाई वन तथा वातावरण, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री र रेनुका गुरुङलाई महिला बालबालिका राज्य मन्त्रीको जिम्मेवारी तोकिएको छ। उनीहरुले साँझ ६ बजे उनीहरुले शपथ लिँदै छन्। जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पनि पुनर्गठन गर्ने भएका छन्। बाँकी रहेका मन्त्रालयमा पनि एमालेबाट शपथ गराउने तयारी छ।

यस्ताे छ सरकारमा सहभागी जसपा नेताहरुकाे सूची

राजेन्द्र महतो– उपप्रधानसहित सहरी विकास
शरतसिंह भण्डारी– ऊर्जा जलस्रोत तथा सिँचाइ
अनिलकुमार झा– खानेपानी 
लक्ष्मणलाल कर्ण– भूमिसुधार तथा व्यवस्था
विमल श्रीवास्तव – श्रम तथा रोजगार सामाजिक सुरक्षा 
उमाशंकर अरगरिया– युवा तथा खेलकुद
एकवाल मियाँ– वन तथा वातावरण
चन्दा चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी– ऊर्जा राज्यमन्त्री 
रेनुका गुरुङ – महिला बालबालिका राज्य मन्त्री

प्रकाशित: Jun 04, 2021| 12:00 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।