मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर महानगरपालिकाद्वारा समुदाय स्तरमा कोरोना परीक्षण सुरु

विराटनगर महानगरपालिकाद्वारा समुदाय स्तरमा कोरोना परीक्षण सुरु

विराटनगर महानगरपालिकाले समुदाय स्तरमै एन्टिजेन परीक्षण सुरु गरेको छ। महानगर क्षेत्रमा कोरोना संक्रमणदर दैनिक बढ्दोक्रममा रहेको भन्दै महानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणका लागि एन्टिजेन टेष्ट सुरु गरिएको जनाइएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

विराटनगर- विराटनगर महानगरपालिकाले समुदाय स्तरमै एन्टिजेन परीक्षण सुरु गरेको छ। महानगर क्षेत्रमा कोरोना संक्रमणदर दैनिक बढ्दोक्रममा रहेको भन्दै महानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणका लागि एन्टिजेन टेष्ट सुरु गरिएको जनाइएको छ।

महानगरपालिकाले जेठ ३० गतेसम्म एन्टिजेन टेष्ट गर्ने तालिका सार्वजनिक गरेको छ। शुक्रबार १८ नम्बर वडामा परीक्षण गरिएको छ। वडा नम्बर १९ र १७ मा २३ गते, वडा नम्बर १ र १६ मा २४ गते, वडा नम्बर २ र १४ मा २५ गते, वडा नम्बर ३ र १३ मा २६ गते, वडा नम्बर ४ र १२ मा २७ गते, वडा नम्बर ५ र ११ मा २८ गते, वडा नम्बर ६ र १० मा २९ गते र वडा नम्बर ८ र ९ मा ३० गते परीक्षण गरिने महानगरका कोभिड संयोजक हैदर अलिले बताए। 

परीक्षणका लागि महानगरपालिकाले  सम्बन्धित वडाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा केश इन्भेष्टिगेसन तथा कन्ट्याक टे«सिङ फेकल पर्सन रश्मी निरौला र प्रवेशिका गुप्तालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

विराटनगर महानगरपालिका १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानी र विराटनगर महानगरपालिका ९ स्थित आदर्श स्कुल साइन्स ब्लकमा र जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग र गर्भवती महिलाहरुका लागि मोबाईल स्वाब भने नियमित रुपमा दैनिक ११ बजेदेखि संचालन हुने कोभिड संयोजक अलिले बताए। 

कोरोनाको दोश्रो लहर शुरुपछि मात्र विराटनगरमा ८ हजार ४३४ जना कोरोना संक्रमित भएका छन्। ११० जनाको मृत्यु भएको महानगरका कोभिड संयोजक अलिले जानकारी दिए। 

प्रकाशित: Jun 04, 2021| 11:25 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।