मंगलबार, भदौ ९, २०८३

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाखभन्दा कम 

विगत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाखभन्दा कम भएको छ। विगत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

संक्रमण हुनेका तुलनामा संक्रमणमुक्त हुने बढी हुँदै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो। शुक्रबार देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बैसाख २९ गतेयता नेपालमा संक्रिय संक्रमितको संख्या लगातार १ लाखभन्दा बढी रहँदै आएको थियो। बिहीबार १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित थिए। 

अहिलेसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ। 

प्रकाशित: Jun 04, 2021| 11:23 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।