काठमाडौं- विगत २४ घण्टायता देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ६२४ जनाको पीसीआर र २ हजार २९ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
उक्त अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ।
अहिलेसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ।
हाल ९७ हजार ६९९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ को पीसीआर र ६६३१ जनाको एन्टिजेन परीक्षण भएको छ।
