मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा आजै सरकारमा सहभागी हुने, साँझ ६ बजे शपथ कार्यक्रम

जसपा आजै सरकारमा सहभागी हुने, साँझ ६ बजे शपथ कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।

सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग बालुवाटारमा शुक्रबार तीन घण्टा लामो वार्ता गरेपछि जसपाका नेताहरु मन्त्री र राज्यमन्त्रीको नाम टिपाएर बालुवाटारबाट फर्किएका छन्। एमालेका एक नेताले आजै साँझ ६ बजे जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले सपथ लिन लागेको बताए। 

‘आज दिनभर भएको छलफलपछि सबै विषय टुंगिएको हो’, उनले भने। जसपाले माओवादी केन्द्रले लिएको मन्त्रालय पाउने गरी यसअघि नै सहमति भएको थियो। जसअनुसार ८ मन्त्री र दुई राज्यमन्त्री ठाकुर-महतो पक्षले पाउने छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो।

जसपाका तर्फबाट महताेसहित अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ, प्रमोद साह मन्त्री बन्न लागेको उच्च स्रोतले जानकारी दिएको छ। महताेले सरकारमा उपप्रधानमन्त्रीकाे जिम्वेवारी पाउने भएका छन्। 

यद्यपि आधिकारिक नामहरु अझै सार्वजनिक भएको छैन। तर, ठाकुरनिकट एक कार्यकारिणी समिति सदस्यले पनि प्रस्तावित नाम नै अन्तिम भएको बताए।

प्रकाशित: Jun 04, 2021| 11:10 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।