काठमाडौं- बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई २५ लाख रुपैयाँ अनुदान उपलव्ध गराउने भएको छ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमबाट सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुका लागि अनुदान दिने कार्यक्रम रहेको हुँदा अनुदान प्राप्त गर्न इच्छुक बागमती प्रदेशभित्रका सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुले शिक्षा विकास निर्देशनालयमा प्रस्ताव पेस गरेपछि उक्त रकम दामासाहीमा भाग लगाएर वितरण गरिने निर्देशनालयले जनाएको छ।
निर्देशनालयका निर्देशक कृष्णप्रसाद काप्रीले भने, ‘अनुदान प्राप्त गर्न इच्छुक सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुले असार ५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने र उक्त प्रस्ताव अनुसार माग गर्ने सबैलाई वितरण गर्ने योजना बनाएका छौं। पुस्तकालयका लागि दिइने बजेटमा पुस्तकालले आफ्नोमा आवश्यक पर्ने पुस्तक आफै खरिद गर्नेछन्।’
त्यस्तै निर्देशनालयबाट गत आर्थिक वर्षमा पुस्तकालय अनुदान प्राप्त गर्ने पुस्तकालयहरुले उक्त अनुदान रकमबाट खरिद गरिएका सन्र्दभ सामग्री तथा क्रियाकलापको विवरणसम्बन्धी स्थानीय तहबाट प्रमाणित गराई सोको प्रतिवेदन पेस र्गुपर्ने पनि निर्देशनालयले जनाएको छ।