सोमबार, जेठ ४, २०८३

शिक्षकलाई खोप उपलव्ध गराउन प्रधानमन्त्रीलाई प्याब्सनको पत्र

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

National life

प्याब्सनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीलाई पत्र बुझाउँदै खोप उपलव्ध गराउन माग गरेको हो।

लाखौंको संख्यामा रहेका शिक्षकलाई राज्यले खोपको प्राथमिकतामा नराखेको भन्दै प्याब्सनले अब सञ्चालन हुन कोभिडविरुद्धको खोप अभियानमा सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उच्च प्राथमिकतामा राख्न पत्रमार्फत् आग्रह गरेको हो।

प्याब्सनले गत वर्ष माघ–फाल्गुणदेखि नै निःशुल्क खोप कार्यक्रमको सुरुवात गरिएकोमा मुलुकको भविष्य निर्माण गर्ने प्रमुख भूमिकामा रहने शिक्षक समुदायलाई अहिलेसम्म खोप कार्यक्रमका निम्ति प्राथमिकतामा नपारिएको गुनासो गरेको छ।

यस्तै प्याब्सनले पाठ्यपुस्तक ढुवानी र बिक्री वितरणका लागि सहज गराईदिन पनि सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: Jun 04, 2021| 10:50 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्