सोमबार, जेठ ४, २०८३

यस्ता गल्तीले हुन्छ हड्डी कमजोर

स्वस्थ शरीरका लागि हड्डी बलियो हुनु आवश्यक छ। हड्डी कमजोर हुँदा शरीरमा थुप्रै समस्या पैदा हुन्छ। उठ्ने, बस्ने, उभिने, हिडडुल गर्नेलगायत कार्यमा असहज हुन्छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

स्वस्थ शरीरका लागि हड्डी बलियो हुनु आवश्यक छ। हड्डी कमजोर हुँदा शरीरमा थुप्रै समस्या पैदा हुन्छ। उठ्ने, बस्ने, उभिने, हिडडुल गर्नेलगायत कार्यमा असहज हुन्छ।

National life

हड्डी कमजोर हुँदा जोर्नीमा दुखाइ हुने, पिठ्युमा दुखाइ हुने जोखिम हुन्छ। आजभोलीको भागदौडपूर्ण जीवनमा मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिहरेका हुँदैनन्। पछि स्वास्थ्य सम्बन्धि थुप्रै समस्याको सामना गर्नुपर्छ। 

अस्टियोपोरोसिस हड्डीसँग जोडिएको गम्भीर बिरामी हो। यसले निकै कमजोर बनाउँछ। अप्रत्याशित रुपमा फ्याक्चरको जोखिम पनि हुन्छ। यस बिरामीका कारण हड्डीको घनत्वमा कमी आउँछ। जसले हड्डी टुट्ने जोखिम बढी हुन्छ। हड्डी कमजोर हुने समस्याबाट छुट्कारा पाउन पनि सकिन्छ। त्यसका लागि हामीले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ।

शरीरलाई स्वस्थ राख्नका लागि नियमित रुपमा व्यायाम गर्नुपर्छ। आजभोली मानिस अधिक समे  बस्ने गर्छन्। यसको असर हड्डीमा पर्नेगर्छ। अधिक समय बस्दा तथा व्यायाम नगर्दा हड्डीको सेभ बिग्रीने गर्छ। त्यसैले नियमित रुपमा व्यायम गर्नुपर्छ।

यस्तै आजभोली मानिस तौल घटाउनेतर्फ ध्यान दिइरहेका हुन्छन्। यो राम्रै कुरा हो। तर, चौत औसत भन्दा कम गर्नु हुँदैन। शरीरको अधिक तौल घटाउँदा यसको असर हड्डीमा पर्छ। त्यसैले कति तौल घटाउने भन्ने कुरामा डाक्टरसँग परामर्श गर्नुपर्छ।

हड्डी बलियो बनाउनका लागि भिटामिन डीको आवश्यकता हुन्छ। हामीलाई भिटामिन डी घामबाट प्राप्त हुन्छ। त्यसैले हामीले नियमित रुपमा १५ देखि २० मिनेट घाममा बस्नुपर्छ। यसले हाम्रो हड्डी बजबुद् हुन्छ।

नुनको अधिक सेवन गर्दा यसको असर हाम्रो हड्डीमा पर्छ। त्यसैले अधिक मात्रामा नुन सेवन गर्नु हुँदैन। धेरै नुनको सेवनले शरीरमा क्याल्शियमको मात्रा कम गर्छ। जसले हाम्रो हड्डी कमजोर हुनपुग्छ।

प्रकाशित: Jun 04, 2021| 03:25 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्