मंगलबार, भदौ ९, २०८३

सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीशहरू सम्मिलित ‘फुल कोर्ट’ बैठक आज बस्दै छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरू सम्मिलित ‘फुल कोर्ट’ बैठक आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘फुल कोर्ट’ बैठक बोलाएका हुन्। 

बढ्दो कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै अदालतले प्रदान गर्ने सेवाहरू केही खुम्च्याउने निर्णय यसअघिको फुल कोर्ट बैठकले गरेको थियो। 

आजको बैठक पनि प्रशासनिक निर्णय गर्नका लागि नै बोलाइएको सर्वोच्च अदालत प्रशासन स्रोतले जानकारी दिएको छ।

यद्यपि प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठनमा विवाद देखिएपछि त्यसका बारेमा पनि आवश्यक केही निर्णय हुन सक्ने बुझिएको छ।

इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए। उनीहरूमाथि नैतिक प्रश्न उठे पनि इजलासबाट नबाहिरिने निर्णय गरेपछि अन्य दुईजना न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफूहरू यही इजलासमा नबस्ने भन्दै बाहिरिने घोषणा गरेका थिए। 

इजलासमै न्यायाधीशहरू एकमत हुन नसकेपछि प्रधानन्यायाधीशले जेठ २३ गते अर्को इजलास गठन गरेर सुनुवाइ गर्ने बताएका थिए। जेठ १४ गते सुरु भएको सुनुवाइ संवैधानिक इजलासमा बस्ने न्यायाधीशको विवादका कारण प्रभावित भएको थियो।

प्रकाशित: Jun 04, 2021| 03:13 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।