मंगलबार, भदौ ९, २०८३

माधव-झलनाथ पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्ने

सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बिहीबारदेखि भर्चुअल माध्यमबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो। 

केन्द्रीय सदस्य जग्गनाथ खतिवडाले आज बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए। केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएकाले आज पुनः बैठक बस्न लागेको हो। बिहीबार करिब ६ घन्टा लामो केन्द्रीय कमिटीको बैठक चलेको थियो। 

बैठकमा बोल्ने केन्द्रीय कमिटीका सबै सदस्यहरुले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्केर लैजाने विषयमा आफूहरू एकताबद्ध भए पनि पार्टी अध्यक्ष केपीशर्मा ओलीले एकता गर्न नचाहेको बताएका थिए। उनीहरूले आफू निकट नेतृत्वलाई कुनै पनि हालतमा ओलीको चालबाजीमा फसेर सहमतिका नाममा अघि बढ्न काम नगर्न पनि ध्यानाकर्षण गराएका थिए। 

हिजो बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले वार्ताका नाममा अलमलिएर अघि बढ्न नहुने भन्दै छिटो निर्णयमा पुग्नुपर्ने बताएका थिए।

प्रकाशित: Jun 04, 2021| 02:49 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।