मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रामक समाचार सच्याउन ‘डेलिमेल’लाई लण्डनस्थित नेपाली दूतावासको पत्र

भ्रामक समाचार सच्याउन ‘डेलिमेल’लाई लण्डनस्थित नेपाली दूतावासको पत्र

लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलिमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडाैं - लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलिमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ। डेलिमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टले खतरामा पारेको भनी समाचार प्रकाशन गरेको थियो।

समाचार आधारहीन रहेको र नेपालमा सक्रिय भएका भेरियन्टको उत्पत्ति नेपालमा नभएको तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसका साथै दूतावासले डेलिमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ। विश्व स्वास्थ संगठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ। साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ। रासस

प्रकाशित: Jun 04, 2021| 02:52 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।