बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गिट्टीबालुवा निर्यात गर्ने नेपालको घोषणापछि भारतीय सञ्चारमाध्यमले लेखे- खुसीको खबर

गिट्टीबालुवा निर्यात गर्ने नेपालको घोषणापछि भारतीय सञ्चारमाध्यमले लेखे- खुसीको खबर

नेपाल सरकारले बजेटमार्फत चुरे क्षेत्रको दोहन गरी  गिट्टी, बालुवा र ढुंगा भारत निर्यात गर्ने घोषणा गरेपछि भारतीय सञ्चारमाध्यमले खुसीको खबर रहेको उल्लेख गरेका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

नेपाल सरकारले बजेटमार्फत चुरे क्षेत्रको दोहन गरी  गिट्टी, बालुवा र ढुंगा भारत निर्यात गर्ने घोषणा गरेपछि भारतीय सञ्चारमाध्यमले खुसीको खबर रहेको उल्लेख गरेका छन्।

National life

भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तानले उक्त वस्तुहरुको आपूर्ति नेपालबाट हुने भन्दै भारतीयका लागि खुसीको खबर रहेको उल्लेख गरेको हो।

नेपालसँग सम्बन्धित भारतीय सीमा क्षेत्रहरूमा बालुवा गिट्टि, ढुंगा लगायतको ठुलो राहत हुने र स्थानीयलाई रोजगार समेत पाइने समाचारमा उल्लेख गरिएको छ।

नेपालबाट गिट्टी बालुवा निर्यात हुन थालेपछि भारतीय बजारमा उक्त वस्तुहरु सस्तोमा पाइने र रोजगारीका अवसर बढ्ने समाचारमा उल्लेख गरिएको छ।

भारतीय सञ्चार माध्यमले नेपालले आफ्नो व्यापार घाटा कम गर्न गिट्टी बालुवा निर्यात गर्न लागेको समेते समाचारमा उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

यसअघि गत शनिबार अध्यादेशमार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७८/०७९कोे बजेटमार्फत सरकारले ढुंगा गिट्टि बालुवा निर्यात गर्ने घोषणा गरेको थियो। भारतमा बालुवा, ढुंगा, गिट्टि निर्यात गरी व्यापार घाटामा कमी ल्याउने बजेटको बुँदा नम्बर १९९मा उल्लेख गरिएको छ।

नेपालको चुरे क्षेत्रबाट बालुवा ढुंगा गिट्टि निर्यात गरिने र त्यसले नेपाललाई दीर्घकालीन रुपमै नोक्सान हुने भन्दै नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।

सात वर्षअघि भारततर्फ निर्यात हुँदै आएकोमा पर्यावरणका लागि दीर्घकालीन रुपमै हानी पुर्याउने भन्दै सर्वोच्च अदालतमा रिट परेका परेका थिए।

नेपालबाट उक्त वस्तुहरु भारतमा निर्यात हुँदै आएकोमा सर्वोच्च अदालतले रोकेको थियो।

प्रकाशित: Jun 04, 2021| 01:01 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।