बुधबार, फागुन २७, २०८२

भारतीय रेलमार्गमा गत वर्ष मात्रै ८ हजार ७०० को मृत्यु

मध्यप्रदेशका अभियन्ता चन्द्रशेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो। प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ। उक्त विवरणमा रेल मार्गमा मृत्यु भएकाहरूको सङ्ख्या ८ हजार ७३३ रहेको उल्लेख गरिएको छ। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

नयाँदिल्ली-  भारतमा गत वर्ष मात्रै रेल मार्गमा ८ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। उनीहरूमध्ये धेरैजसो कोरोना भाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागू भइरहेकै बेला घर फर्कन रेल्वे स्टेसन पुगेका व्यक्तिहरू भएको अधिकारीहरूले जनाएका छन्। 

National life

मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। समितिका उच्च अधिकारीहरूले यो विवरण गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन्।

मध्यप्रदेशका अभियन्ता चन्द्रशेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो। प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ। उक्त विवरणमा रेल मार्गमा मृत्यु भएकाहरूको सङ्ख्या ८ हजार ७३३ रहेको उल्लेख गरिएको छ। 

लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुदै हिडेर आ आफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ।

'लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो,' एक अधिकारीले भने। 

Laxmi sunrise bank
kumari

रेलवे समितिका प्रवक्ता डीजे नारायणका अनुसार उनीहरू रेल मार्गमा रेल दुर्घटनामा मृत्यु भएकाहरू होइन्। -पीटीआई 

प्रकाशित: Jun 03, 2021| 16:47 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।