बुधबार, फागुन २७, २०८२

सन् २०२२ सम्म विश्वमा २० करोड ५० लाख बेरोजगार हुने आकलन

आइएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

बेइजिङ- कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले जनाएको छ।

National life

आइएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।

बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ। यो संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो।

सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ। न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनको भनाइ छ।

गरिब देशहरुमा जारी असमानताका कारण महिला र यूवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आइएलओले जनाएको छ। गरिबी न्यूनिकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आइएलओको भनाइ छ।

Laxmi sunrise bank
kumari

त्यसैगरी संयुक्त राष्ट्रसंघले माहामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ। -सिन्ह्वा

प्रकाशित: Jun 03, 2021| 16:32 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।