बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका बिसी र श्रेष्ठ कर्णाली सरकारका मन्त्री बन्ने

कांग्रेसका बिसी र श्रेष्ठ कर्णाली सरकारका मन्त्री बन्ने

नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम सिफारिस गरेको छ। कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

सुर्खेत- नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम सिफारिस गरेको छ। कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको छ।

आज (बिहीबार) साँझ बसेको संसदीय दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए।

‘बैठकले बिसी र श्रेष्ठको नाम सिफारिस गरेका छ’ शाहीले भने, ‘शपथ भोलिमात्रै हुन्छ।’ कांग्रेसले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीका लागि सरकारलाई सिफारिस गरेको हो।

गएको वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी हुन लागेको हो। कांग्रेस पहिलोपटक सरकारमा सहभागी हुन लागेको हो।

प्रकाशित: Jun 03, 2021| 14:42 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।