कश्मीर- भारतको जम्मू-कश्मीरको राजधानी श्रीनगरमा राइजिङ कश्मीर (अंग्रजी संस्करण) का सम्पादक सुजत बुखारीको गोली हानी हत्या गरिएको छ ।
बुखारी आफ्नो कार्यालयबाट बाहिर निस्किने क्रममा गोली प्रहार भएको पीडीपीका प्रवक्ता नइम अख्तरले बताएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रहरीका अनुसार उनका ड्राइभर र सुरक्षा गार्ड पनि गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
बीबीसी हिन्दीका अनुसार कसले गोली हान्यो भन्ने यकिन हुन सकेको छैन ।
कश्मीरका मुख्यमन्त्री महबुबा मफ्तीले गोली प्रहारप्रति दु:ख व्यक्त गर्दै हत्या भएको पुष्टि गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४