बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई माधव पक्षका १७ संगठनको चेतावनी : जेठ २ मा नफर्किए नयाँ शिराबाट क्रान्तिको झण्डा उठाउँछौँ

ओलीलाई माधव पक्षका १७ संगठनको चेतावनी : जेठ २ मा नफर्किए नयाँ शिराबाट क्रान्तिको झण्डा उठाउँछौँ

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाका निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलन रक्षाका निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झण्डा उठाउनुपर्नेछ,' संयुक्त विज्ञप्तिमा भनिएको छ, 'इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ।'
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालनिकट १७ भातृ संगठनले पार्टीलाई २०७५ जेठ २ मा नफर्काइए नयाँ शिराबाट क्रान्तिको झण्डा उठाउने चेतावनी दिएका छन्। बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठमा नफर्किए पार्टी र आन्दोलन विसर्जन हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।  

पार्टीका सबै संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म जेठ २ अघिकै स्थतिमा क्रियाशील बनाउनुपर्ने उनीहरूको माग छ। 

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाका निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलन रक्षाका निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झण्डा उठाउनुपर्नेछ,' संयुक्त विज्ञप्तिमा भनिएको छ, 'इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ।'

विज्ञप्तिमा माधवपक्षीय किसान महासंघका बलराम बाँस्कोटा, अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलगायतले हस्ताक्षर गरेका छन्। 

यस्तो छ १७ संगठनको विज्ञप्ति

प्रकाशित: Jun 03, 2021| 13:13 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।