सोमबार, चैत ९, २०८२

कक्षा १२ सम्मको सबै पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने  

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कक्षा १२ सम्मको पाठ्यपुस्तक छाप्न केन्द्र सक्षम रहेको जनाएको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कक्षा १२ सम्मको पाठ्यपुस्तक छाप्न केन्द्र सक्षम रहेको जनाएको छ।

National life

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले यसका लागि तयारी सुरु गरिसकेको जनाएको हो।

जनक शिक्षा समाग्री केन्द्र लमिटेडका महाप्रबन्धक अनिलकुमार झाले यसअघि पनि कक्षा १२ सम्मकै पुस्तक छाप्ने गरे पनि जनक शिक्षाले बिक्रिवितरण गर्ने गरेकोमा जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा भएपछि भन्ने विद्यार्थीले निःशुल्क रुपमा पाउने बताए।

उनले भने, ‘जनक शिक्षामा पाठ्यपुस्तक छपाइका लागि मेसिन पर्याप्त छन्। हामी पाठ्यपुस्तक छपाइ गर्नका लागि सक्षम छौं। समयमै पाठ्यपुस्तक छपाइ गर्नेगरी हामीले आफ्नो तयारी पनि अघि बढाएका छौं।’

यसअघि सरकारले कक्षा १० सम्मका विद्यार्थीलाई मात्र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको थियो।
जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अंग्रेजी र सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ। जनक शिक्षाले दुई वर्षदेखि कक्षा ११ र १२ को अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरिरहेको छ।

Laxmi sunrise bank
kumari

यसैबीच जनक शिक्षाले कक्षा १२ को परीक्षाको प्रश्नपत्र छपाइ नगरेको पनि जनाएको छ। यसअघि एसईई परीक्षाको लागि प्रश्नपत्र छपाइ गरेर राष्ट्रिय परीक्षा बोर्डलाई बुझाएको भए पनि कक्षा १२ को प्रश्नपत्र भने छाप्न सुरु नगरिएको जनाएको हो।

प्रकाशित: Jun 03, 2021| 12:11 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्