सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको टोलीले बनायो प्रदेश २ को प्रहरी ऐनको मस्यौदा

काठमाडौंको टोलीले बनायो प्रदेश २ को प्रहरी ऐनको मस्यौदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को सरकारले प्रहरी ऐन मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको प्रहरी ऐनको मस्यौदा प्रदेश २ को मन्त्रिपरिषद बैठकले पारित गरेको छ । 

बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले ऐनको मस्यौदा पारित गरेको हो । काठमाण्डौबाट बोलाइएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञहरुको टोलीको सुझाव अनुसार प्रदेश २ को सरकारले प्रहरी ऐनको मस्यौदा तयार पारेको हो ।

विज्ञहरुको टोलीले विभिन्न चरणमा गरेको छलफलको आधारमा प्रदेश सरकारले ऐनको मस्यौदा तयार पारेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । मन्त्री यादवका अनुसार एक दुई दिन भित्र मन्त्रिपरिषदले स्वीकृत गरेको प्रहरी ऐनलाई प्रदेशसभामा छलफलको लागि पेश गर्ने तयारी छ । प्रदेशसभाबाट ऐन पारित भएसँगै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्ने छ ।

आइतबार सार्वजनिक विदा

प्रदेश सरकारले आइतबार प्रदेश २ मा सार्वजनिक विदाको घोषणा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषदको बैठकले मुस्लिम धर्मालम्बीहरुको इद पर्वको अवसरमा आइतबार विदा दिने निर्णय गरेको हो । संघीय सरकारले इद पर्वको विदा कटौती गरेपनि प्रदेश सरकारले इदको अवसरमा विदा दिने निर्णय गरेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।