सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागूऔषधको विरोध गर्ने पप्पुलाई जोगबनीमा गोली प्रहार

लागूऔषधको विरोध गर्ने पप्पुलाई जोगबनीमा गोली प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- भारतीय राज्य विहारको अररिया जिल्लाको जोगबनीमा गोली हानिएका सामाजिक कार्यकर्ता पप्पु पटेललार्इ उपचार गर्न नेपाल ल्याइएको छ ।
 
बिहीबार बिहान साढे ११ बजे दुई जना बन्दुकधारीले गोली हानेका पटेललार्इ शुरुमा विराटनगरको नोबेल मेडिकल ल्याइएको पटेलकी छिमेकी किरण रायले बताइन् । नोबेलमा उपचार नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको पीडितका बाबु भुटाय पटेलले जानकारी दिए । जोगबनीआसपासका भारतीयहरू आँखाको उपचारमा लागि समेत विराटनगर नै आउने गर्छन् । गोली लागेका पटेलको पनि जोगबनीमा राम्रो स्वास्थ्य संस्था नभएकाले विराटनगर ल्याइएको पीडितकी छिमेकी किरण रायले बताइन् । 

पटेलसँगै उपचारमा आएकी छिमेकी किरण रायका अनुसार लागूऔषध प्रयोग गर्नु हुन्न भन्ने विषयमा विभिन्न कार्यक्रम गर्दै आएका पटेललार्इ लागूऔषध प्रयोगकर्ताहरूले आक्रमण गरेका थिए । सम्झाउन खोज्दा गोली हानिएको रायले बताइन्। बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानस्थित नेपाल प्रहरी पोस्टका प्रमुख तिलक गिरीका अनुसार पटेललार्इ तीन वटा गोली लागेको छ । दायाँ छाती, बायाँ कम्मरमुनि र दाहिने कोखमा पटेललार्इ गोली लागेको गिरीले जानकारी दिए । 

तीन गोली लागेका पटेल सामान्य बोलचाल गर्न भने सक्ने अवस्थामा रहेको गिरीले बताए । प्रहरीसँगको कुराकानीमा घाइते पटेलले आफूलाई लागूऔषध प्रयोगकर्ताहरूले गोली हानेको बताए । जोगबनीमा पटेललार्इ गोली हान्ने दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको जोगबनीको सीमावर्ति मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । पक्राउ परेकाहरूको बारेमा भने आफूहरूलाई जानकारी नभएको पनि एसपी केसीले बताए । 

प्रदेश १ को अस्थायी राजधानी विराटनगर पारि रहेको जोगबनी नेपालमा पनि लागूऔषध ओसार्ने थलोका रूपमा रहेको छ । हरेक दिनजसो प्रहरीले जोगबनी नाकाबाट लागूऔषध ओसार्ने भरियाहरू र प्रयोगकर्ता पक्राउ गर्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।