आइतबार, जेठ ३, २०८३

अस्पताल भर्ना हुनु पहिले सुगर जाँच्‍नु आवश्यक

अस्पताल भर्ना गर्नु भन्दा पहिले बिरामीको सुगर जाँच गर्नु आवश्यक हुन्छ। त्यसका साथै भर्ना भएको २४ घन्टा भित्र अस्पताल भर्ना भएको मानिसको सुगरसँग सम्बन्धित अन्य जाँच गर्न अनिवार्य छ। यसका साथै मधुमेहका बिरामीले दिनभरमा के-के खाने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक हुन्छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

अस्पताल भर्ना गर्नु भन्दा पहिले बिरामीको सुगर जाँच गर्नु आवश्यक हुन्छ। त्यसका साथै भर्ना भएको २४ घन्टा भित्र अस्पताल भर्ना भएको मानिसको सुगरसँग सम्बन्धित अन्य जाँच गर्न अनिवार्य छ। यसका साथै मधुमेहका बिरामीले दिनभरमा के-के खाने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक हुन्छ।

National life

चिकित्सकहरूले कोरोना महामारीमा मधुमेहको समस्यालाई लिएर उच्च सावधानी अपनाउन आग्रह गरिरहेका छन्। किनकि यी व्यक्तिमा फंगस हुने सम्भावना बढी हुन्छ। 

यदि कोही मानिस कोरोनाका साथै मधुमेहबाट ग्रसित भए त्यस्ता व्यक्तिले स्टेरायड युक्त औषधिको सेवन कुन समयमा र कति मात्रामा गर्ने भन्ने कुरा पनि तय गरिएको छ।

नेपालमा सुगरका थुप्रै बिरामी छन्। धेरैलाई समयमै आफू सुगरबाट ग्रसित भएको थाहा नै हुँदैन। सुगर पत्ता लागेकाहरूले पनि समयमा औषधि सेवन गर्दैनन्।

यस्ता व्यक्तिमा कोरोना संक्रमण भए स्वास्थ्यमा ठूलो जोखिम हुने सम्भावना हुन्छ। कोरोना महामारीसँगै बल्याक फंसन देखिन थालेको छ। नेपालमा यसबाट तीन जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।

यसबाट त्रसित हुनु आवश्यक छैन। तर, उच्च सावधानी अपनाउनु भने आवश्यक छ। सुगरका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ। उनीहरूमा कुनै रोगको संक्रमण भए चाडो निको नहुने समस्या हुन्छ। त्यसैले त्यस्ता बिरामीहरूले अन्य बिरामीको तुलनामा बढी सतर्कता अपनाउनुपर्छ।

प्रकाशित: Jun 03, 2021| 01:30 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्