शुक्रबार, भदौ ५, २०८३

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुने बताइएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं- सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुने बताइएको छ।

कार्यदलले न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहिता बनाएमा आजको बैठकले त्यसलाई अन्तिम रूप दिने प्रयास हुने छ। साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारी कार्यदलको छ।

कार्यदल सदस्य रमेश लेखकले प्रारम्भिक प्रतिवेदनमा कोभिड–१९ को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएका छन्। शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलाई कार्यक्रममा समेट्ने प्रयास गरिएको उनले बताए।

 कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी नेताहरुको छ।

सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू छन्।

प्रकाशित: Aug 04, 2021| 08:21 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...