काठमाडौं - जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनबीच भएको वार्ताले विश्व शान्ति स्थापनामा सकारात्मक सन्देश प्रवाह गरेको नेपाल कम्युनिस्ट पार्टीले ठहर गरेको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले उत्तर कोरिया तथा अमेरिकाबीचको शिखर वार्ताको स्वागत गरेको हो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा सोमबार सिंगापुरमा भएको शिखर वार्ताले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै स्वागतयोग्य भएको जनाइएको छ ।
दुई फरक धुव्रमा विभाजित मुलुकको वार्ताले शान्ति र समृद्धि तथा आणविक हतियारको नि:सशस्त्रीकरण तथा कोरियाली प्रायदिपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ।
विज्ञप्तिमा विभिन्न मुलुकबीच हुने यस्ता वार्ताले समस्या समाधान गर्नुका साथै शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४