विराटनगर- नेपाल-भारत सीमाको जोगबनी नाकामा एक जना भारतीय नेतामाथि गोली प्रहार गरिएको छ ।
रानी भन्सारदेखि एक सय मिटर टाढा टिकुलिया बस्तीमा बिहीबार अज्ञात समुहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा गइरहेको पप्पुलार्इ पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली लागेर गम्भिर घाइते भएका पटेललार्इ उपचारका लागि स्थानीय नर्सिङ होममा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटना भारतमा भएका कारण थप जानकारी नआएको प्रहरी जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४