आइतबार, वैशाख २७, २०८३

पाकिस्तानले बनायो कोरोनाविरुद्धको खोप ‘पाकभ्याक’

पाकिस्तानले चीनको सहयोगमा कोरोनाविरुद्धको खोप तयार गरेको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

एजेन्सी- पाकिस्तानले चीनको सहयोगमा कोरोनाविरुद्धको खोप तयार गरेको छ। पाकिस्तानले खोप निर्माणलाई ‘इन्कलाब’ अर्थात् क्रान्तिका रुपमा व्याख्या गरेको छ।

National life

पाकिस्तानका केन्द्रीय योजनामन्त्री असद उमरले यो खोप सार्वजनिक गर्दै पाकिस्तानको यो खोप कुनै क्रान्तिभन्दा कम नरहेको बताएका छन्।

उनले यो खोप निर्माणका लागि पाकिस्तानको स्वास्थ्य टिमसँगै चिनियाँ सहयोगीलाई पनि धन्यवाद दिएका छन्। साथै उनले पाकिस्तानमा जारी खोप अभियानमा आएका सहभागीका लागि चिनियाँ खोप सिनोफार्म पहिलो रोजाइमा परेको बताएका छन्।

असद उमरले भनेका छन्, ‘हाम्रा यहाँका नागरिक जब खोप केन्द्रमा जान्छन्, त्यहाँ उनीहरुले हामीलाई सिनोर्फामको खोप चाहियो भन्छन्।’ एस्ट्रेजेनेको खोप मात्र छ भने कतिपय खोप नलगाई फर्किने गरेकोसमेत उनले सुनाए।

उनले अब पाकिस्तानमा आफैले उत्पादन गरेको पाकभ्याकलाई प्राथमिकता दिइनु पर्ने बताए। मन्त्री उमरले भने, ‘अब हामीले आफ्नै खोपलाई प्राथमिकता दिनुछ, किनकी हामीले यो चीनसँग मिलेर बनाएका छौँ र यो क्रान्ति हो।’

पाकवैकबीबीसीबाट

प्रकाशित: Jun 02, 2021| 09:36 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।