शुक्रबार, साउन ८, २०८३

चीनमा पहिलोपटक मान्छेमा भेटियो बर्डफ्लु

चीनका ४१ वर्षीय पुरुषमा पहिलोपटक बर्डफ्लु संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं - चीनका ४१ वर्षीय पुरुषमा पहिलोपटक बर्डफ्लु संक्रमण पुष्टि भएको छ। चीनको जियान्सुु प्रान्तका एक पुरुषमा देखिएको ‘एच १० एन ३’ नामको भेरियन्टको संक्रमण विश्वमै पहिलो हो।

चराचुरुंगीबाट मानिसमा सरेकाे पहिलो संक्रमण केस चीनमा भेटिएको बीबीसीले जनाएको छ। चिनियाँ अधिकारीले संक्रमणबारे विस्तृत नबताए पनि यो संक्रमणलाई ‘एच १० एन ३’ नामाकरण गरिएको छ। यो संक्रमण मान्छेबाट मान्छेमा सर्ने सम्भावना न्यून रहेको उल्लेख गरेको छ।

गत साता ती व्यक्तिमा बर्डफ्लु देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी अहिले निको भइसकेका छन्। संक्रमित व्यक्तिको कन्ट्याक्ट टे«सिङ गर्दा अन्य कसैमा पनि संक्रमण नभेटिएको चिनियाँ अधिकारीले जनाएका छन्।

चीनले संक्रमित व्यक्तिका बारेमा भने अन्य केही खुलाएको छैन।

प्रकाशित: Jun 02, 2021| 07:49 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।