सोमबार, चैत ९, २०८२

खोप नलगाएसम्म स्कुल चल्न नदिने शिक्षक महासंघको चेतावनी

नेपाल शिक्षक महासंघले तेस्रो चरणका आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै  कोभिड खोप नलगाएसम्म स्कुलहरू सञ्चालन हुन नदिने जनाएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं - नेपाल शिक्षक महासंघले काेराेना भाइरसकाे खाेप नलगाएसम्म विद्यालयमा पठनपाठन हुन नदिने चेतावनी दिएकाे छ। शिक्षकका मुद्दामा राज्य उदासीन बनेको भन्दै महासंघले तेस्राे चरणकाे आन्दाेलनअन्तर्गत नाै बुँदे विराेधका कार्यक्रम सार्वजनिक गरेकाे हाे। 

National life

महासंघले कोभिड खोप नलगाएसम्म स्कुल सञ्चालन हुँदैनन् भन्ने नाराको कालो स्टिकर बनाएर हरेक शिक्षक–कर्मचारीलाई आआफ्नो फेसबुक वालमा पोस्ट गर्न आग्रह गरेको छ। यस्तै विरोधका कार्यक्रमअन्तर्गत जेठ २३ गते महासंघका हरेक जिल्ला समितिले सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग शिक्षक कर्मचारीका माग, मुद्दा, सम्झौता र बजेटबाट सिर्जित विभेदका विषयमा अनलाइन अन्तरक्रिया गरिने महासंघले जनाएको छ।

शिक्षक तथा कर्मचारीले ‘सरकार! हाम्रा सबै माग पूरा गर’ भन्ने वाक्य बोली ३० सेकेन्डको भिडियो वा टिकटक बनाएर आ–आफ्नो फेसबुक वालमा अपलोड गर्नेछन्। यसैगरी प्रदेशस्तरीय अनलाइन अन्तरक्रिया गर्ने, महासंघ राष्ट्रिय समितिले सबै पूर्वशिक्षा मन्त्रीहरूसँग अनलाइन अन्तरकिया आयोजना गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ।

आफ्ना माग र मुद्दाबारे महासंघले सरोकार समूह (विद्यार्थी संगठन, अभिभावक संगठन, विद्यालय व्यवस्थापन महासंघ तथा शिक्षामा काम गर्ने संघसंस्था) सँग केन्द्रीय तहमा अन्तरक्रिया गर्ने भएको छ। 

यस्तै राष्ट्रिय समितिले नेपाल शिक्षक महासंघका माग र मुद्दा, सम्झौता र अहिलेको बजेटबाट सिर्जित विभेदबारे पत्रकारहरूसँग अनलाइन अन्तरक्रिया गर्ने कार्यक्रम छ।

Laxmi sunrise bank
kumari

यस्ता छन् विराेधका कार्यक्रम

प्रकाशित: Jun 02, 2021| 06:05 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्