काठमाडौं - ओपोले युवाहरु लक्षित गरेर नेपाली बजारमा ‘ओपो एफसेवेन यूथ’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यूवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको ‘एफ सेवेन यूथ’ मा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ ।
कम्पनीका अनुसार कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
उपभोक्ताका माग र आवश्यकतालाई प्राथमिकता दिएर ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गर्ने तयारी गरेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।
ओपो एफसेवेन यूथका फिचर्स
- नयाँ एआई २.० ब्यूटी प्रविधि
- नयाँ डायमण्ड ब्ल्याक डिजाइन
- सुपर फुल स्क्रिन र फुल स्क्रिन मल्टिटास्किङ
- शक्तिशाली कार्य सम्पादन क्षमता
- नयाँ कलरओएस ५.०मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४