सोमबार, चैत ९, २०८२

थायराइडका बिरामीले गर्नु हुँदैन यस्ता गल्ती

थायराइड एक सामान्य बिरामी भइसकेको छ। थाइराइडबाट नेपालमा थुप्रै मानिस पीडित छन्। मानिसले समयमै थायराइडका लक्षणलाई चिन्दैनन्। र, विस्तारै यसले च्याप्दै लग्छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

थायराइड एक सामान्य बिरामी भइसकेको छ। थाइराइडबाट नेपालमा थुप्रै मानिस पीडित छन्। मानिसले समयमै थायराइडका लक्षणलाई चिन्दैनन्। र, विस्तारै यसले च्याप्दै लग्छ। 

National life

थायराइड भएका मानिसले आफ्नो खानपानमा ध्यान दिएर थायराइडलाई नियन्त्रण गर्न सक्छन्। त्यसैले थायराइडका बिरामीले मेरो शरीरलाई कुन खानेकुराले क्षति पुर्‍याउँछ भन्ने बुझ्न जरुरी छ।

थायराइडका बिरामीले कफिन र हल्कोहलको सेवन गर्नु हुँदैन। यसको सेवन नगर्दा मानिसले थायराइडलाई नियन्त्रण गर्न सक्छ। यी चिजको सेवनले थायराइड ग्रन्थि ग्रसित हुनपुग्छ। जसले गर्दा थायराइडको स्तर पनि प्रभावित हुन्छ। औषधि सेवन गरिरहेका मानिसले कफिन र अल्कोहलको सेवन गरे यसको प्रभाव शरीरमा पर्नेगर्छ।

अत्याधिक चिनीको सेवन राम्रै मानिसको स्वास्थ्यका लागि पनि लाभदायक हुँदैन। तर, थायराइड भएका मानिसले त चिनीको सेवन गर्नु नै हुँदैन।

थायराइडका कारण अचानक तौल बढ्न सक्छ। चिनी सेवनमा नियन्त्रण गरेन भने झनै तौल बढ्ने जोखिम हुन्छ। थायराइडको स्तरमा पनि यसको प्रभाव पर्छ। चिनीको अधिक सेवनले पाचन प्रणालीमा पनि असर गर्छ।

Laxmi sunrise bank
kumari

सोयाबिनको सेवन पनि थायराइडका बिरामीका लागि घातक हुन्छ। सोया युक्त चिजमा फयटोएस्ट्रोजन पाइन्छ। थायराइड नियन्त्रण गर्ने हाम्रो शरीरका हार्मोनलाइ यसको सेवनले प्रभावित गर्छ।

प्रकाशित: Jun 02, 2021| 01:44 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्