काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालिबिच क्यास लेस सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्नेछन् ।
सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म (क्यास लेस हस्पिटलाइजेसन) सुविधा प्रदान गर्ने चाहाना बमोजिम सम्झौता गरेको बताए ।
यसअघि ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग पनि आइएमईले क्यास लेस सम्झौता गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४