काठमाडौं - पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई फरक÷फरक बिद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले दुई सातापछि विज्ञप्ती निकालेर औपचारिकता पुरा गरेका छन् ।
अरुबेला मुल्यवृद्धि भएको साँझदेखि नै सडकमा उत्रेर नारा जुलुस गर्ने दवै विद्यार्थी संगठनले यसपटक भने सत्ताको भयले १३ दिनपछि बिहीबार विज्ञप्ती निकालेर ओपचारिकता पुरा गरेको हो ।
अनेरास्ववियू अध्यक्ष नविना लामाले यस अघि शेरबहादुर नेतृत्वको सरकारको पालमा मुल्य वृद्धिको चर्को विरोध गर्दै सामाजिक सञ्जालमा राखेको स्टाटस निकै भाइरल भएपछि दबाबमा औपचारिकता पुरा गर्ने हेतुले विज्ञप्ती निकालेको छ ।
अनेरास्ववियूकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलिय पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकार र नेपाल आयल निगमको ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले निगमको फजुल खर्च र चुहावट नियन्त्रण गर्न र पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन्। आयल निगमले यही जेठ १८ गते यसवर्षको चौथोपटक मुल्य वृद्धि गरेको थियो ।
आठ बुँदे संयुक्त विज्ञप्तीमा ग्यास सिलिण्डरलाई रातो र निलो गरी रातो सिलिण्डर सहुलियतपूर्ण दरमा वितरणको व्यवस्था गर्न, शैक्षिक प्रमाणपत्रको आधारमा बिना व्याज ऋण उपलब्ध गराउन, निशुल्क शिक्षाको अनिवार्य गरी शिक्षामा छुट्याइएको बजेट बृद्धि गरी २० प्रतिशतमा पु¥याउन र विद्यालय शुल्कमा गरिएको वृद्धि फिर्ता लिन माग गरेका छन्।
शिक्षा क्षेत्रमा बढाइएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठनसँग शिक्षा मन्त्रालयले गरेको सहमति कार्यान्वयनमा उदासिनता देखाइएको भन्दै उनीहरुले विज्ञप्तीमार्फत खेद प्रकट गरेको छ ।
संयुक्त विज्ञप्तीमा भूतपूर्व विशिष्ट श्रेणीका पदाधिकारीलाई सुविधा दिनको लागि अघि बढाइएको प्रक्रिया तत्काल रोक्न समेत माग गरेका छन्।
‘समयमा कान नगर्ने ठेकेदार र महंगी, कृतिम अभाव र कालोबाजारी गर्ने व्यपारीलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं’ विज्ञप्तीमा भनिएको छ, ‘कानुन संकाय अन्तरगत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधानको लागि अघिल्लै शैक्षक सत्रकै सख्या बराबरको विद्यार्थी भर्ना सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छौं।’
नेकपा एमाले र नेपापा (माओवादी केन्द्र) मिलेर नेकपा गठन भए पनि उनीहरुका भातृ संस्था पनि अझै एक भएका छैनन्। अनेरास्ववियूकी अध्यक्ष लामा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद बनेकी छन् । तमाङ भने नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीका अध्यक्ष हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४