बाग्लुङ - बाग्लुङको तारा खोलामा जिप दूर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
सदरमुकाम मुसिकोटबाट अघोलतर्फ जाँदै गरेको ग १ ज ६०६४ नम्बरको जिप तारा खोला २ मा दर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङकाले जानकारी दिएको छ ।
जिप सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार ४ जनामध्ये दुई जनाको घटनास्थलमा ज्यान गएको हो भने भने दुई जना गम्भीर घाइते छन ।
ज्यान गुमाउनेमा तारा खोला गाउँपालिका २ का वडा सदस्य हेमन्त घिमिरे र सोहि गाउँ पालिका ३ का हरीराम गिरी हुन् । गम्भीर घाइते डम्बर घिमिरे र कर्ण भण्डारीको स्थानीय स्वाथ्य चौकिमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४