बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सरकारले झुठा मुद्दा लगाउन थालेपछि विदेश जाने बेलारुसी बढे, नागरिकलाई देश छोड्न प्रतिबन्ध!

सरकारले झुठा मुद्दा लगाउन थालेपछि विदेश जाने बेलारुसी बढे, नागरिकलाई देश छोड्न प्रतिबन्ध!

झुठा मुद्दा लगाएर नागरिकलाई दुःख दिन थालेपछि विदेश जाने नागरिक बढेकाले बेलारुस सरकारले नागरिकलाई विदेश जान प्रतिबन्ध लगाएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

मिन्स्क (बेलारुस)- झुठा मुद्दा लगाएर नागरिकलाई दुःख दिन थालेपछि विदेश जाने नागरिक बढेकाले बेलारुस सरकारले नागरिकलाई स्थल नाकाबाट विदेश जान प्रतिबन्ध लगाएको छ। सरकारको विरोध गरेको भन्दै नागरिकहरूलाई झुठा मुद्दा लगाएर दुख दिन थालेपछि विदेश पलायन हुने नागरिकलाई रोक्न सरकारले यस्तो निर्णय गरेको हो। 

National life

गत अगस्टमा अलेक्ज्यान्डर लुकासेन्को राष्ट्रपति पदमा विजेता घोषित भएदेखि निर्वाचनमा धाँधली भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ। यसरी विरोध गर्नेहरूलाई लुकासेन्को सरकारले दुःख दिन थालेको छ। 

सरकारले भने कोरोना संक्रमण बढेकाले त्यसलाई नियन्त्रण गर्न नागरिकहरूलाई देशबाहिर जान रोक लगाएको बताएको छ। सरकारले अनिवार्य रूपमा सबै स्थल सीमा नाका पार गर्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। 

सरकारले दुःख दिने गर्न थालेपछि ठूलो सङ्ख्यामा नागरिकहरू देशबाट पलायन भई शरणार्थीका रूपमा पूर्व सोभियत संघबाट छुट्टिएका अन्य मुलुकतिर जाने क्रम बढेको थियो। 

चिकित्सा र प्राविधिक विज्ञहरूको ठूलो संख्यामा पलायन हुने 'डर'पछि मिन्स्कमा सरकारले गत डिसेम्बरमा लामो अवधिको लागि पेस गर्न सक्ने बेलारुसका नागरिकहरूको प्रस्थान सीमित गर्न विदेशमा आवासीय अनुमति प्रक्रियालाई थप जटिल बनाएको छ। सरकारले लामो समयको भिसा प्राप्त गरेका नागरिकलाई विदेश जाने प्रक्रियालाई जटिल बनाइदिएको छ। 

Laxmi sunrise bank
kumari

विपक्षीले अलेक्ज्यान्डर लुकाशेन्को नेतृत्वको सरकारको आलोचना गर्दै पछिल्लो प्रावधानले ‘कानूनको उल्लङ्घन’गरेको बताएका छन्। बेलारुसका विपक्षी दलका नेता स्भियातलाना सिखानोस्कायाका प्रतिनिधि भ्यालेरी काभलेउस्कीले यस कदमलाई 'कानूनको पूर्ण उल्लंघन' भन्दै ट्विटरमा आक्रोश पोखेका छन्। 

गत हप्ता सरकारले ग्रीसबाट लिथुआनियाको राइनायरको उडानलाई अन्यत्र मोडिदिएपछि उक्त देशका लागि र देशबाट हुने हवाई उडानलाई अस्थायी रूपमा स्थगित गरिएको थियो। 

बेलारुसका अधिकारीहरूले लुकाशेन्को आलोचक रमन प्रतासेभिकलाई पक्राउ गर्न उक्त विमानलाई गलत बाहानामा फिर्ता हुन बाध्य पारेको विपक्षीहरूलाई उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

बेलारुसका उडानहरू रोकिएपछि विश्व समुदायले व्यापक आक्रोश व्यक्त गरेका थिए। युरोपभरी पत्रकारको ‘अवैधानिक’नजरबन्दीको विरूद्ध साङ्केतिक प्रदर्शन भइरहेका छन्। -एएनआई

प्रकाशित: Jun 01, 2021| 10:50 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।