शनिबार, कात्तिक ७, २०८३

प्रहरी हिरासतमै अनसन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका ६ जना प्रहरी हिरासतमै अनसनमा बसेका छन् । 

कालोमोसो दलेको आरोपमा पक्राउ परेका राकेश विक्रम साह, अखिल मधिकर्मी, रमेश यादव, विपिन साह, अमित पाठक र विजय मेहताले बिहिबार देखि प्रहरी हिरासतमा अनसन बसेका हुन् । मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरीक्षण यादवलाई कालोमोसो दलेको आरोपमा प्रहरीले ६ जनलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका राकेश विक्रम नेपाल तरुण दल धनुषाका उपसभापति हुन् । पक्राउ परेकाविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ ।

यता प्रहरीले पक्राउ गरेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै नेवि संघ र नेपाल तरुण दलले बिहिबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी एक घण्टा धर्ना दिएको छ । अस्पताल सुधार गर्न जनसरोकारको विषय उठाउँदा प्रहरीले युवाहरुलाई पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग राख्दै उनीहरुले धर्ना दिएका हुन् ।

केही दिन अघि प्रसुतीका लागि अञ्चल अस्पताल पुगेकी जनकपुर उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षीया सोनियादेवी ठाकुरको दुई पटकको शल्यक्रिया पश्चात निधन भएको थियो । उपचारमा संलग्न चिकित्सकको लापारबाहीले सोनियाको मृत्यु भएको परिवारजन र आफन्तको आरोप छ । 

सोनिया मृत्युको छानबिन हुनुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही, अस्पतालको स्तरोन्नति लगायतका माग राख्दै स्थानीय युवाहरु अस्पताल प्रमुखलाई ज्ञापन पत्र दिन पुगेका थिए । 

यता पक्राउ परेकाहरुको रिहाईको माग राख्दै स्थानीय अन्य युवाहरु समेत प्रदर्शनमा उत्रिएका छन् । अस्पतालमा गुणस्तरीय सेवा, अस्पताल प्रमुखलाई कारबाही, सोनिया मृत्यु घटनाको छानबिन, पक्राउ परेका युवाहरुलाई रिहा गर्न यहाँका विभिन्न युवा संगठनहरु दिनहुँ प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।