काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह २३ असारमा ७१ वर्ष पूरा भएर ७२ वर्ष लाग्दैछन् । गद्दीबाट हटेको १० वर्ष पूरा भइसके पनि उनका समर्थकहरूले हरेक जन्मदिनलाई उत्सवका रूपमा मनाउँदै आएका छन् ।
यस वर्ष पनि साताव्यापी जन्मोत्सव मनाउने तयारी शुरु भएको छ । त्यसका लागि यज्ञप्रसाद आचार्यको अध्यक्षतामा ३५ सय ७२ सदस्यीय मूल आयोजक समिति गठन भएको स्रोतले जनाएको छ । आचार्य पूर्वराजसभा स्थायी समितिका सदस्य हुन् ।
समितिको सह–अध्यक्षमा गीता क्षत्री राणा, डा. मञ्जुरत्न शाक्य, श्रीमती भेषराज्यलक्ष्मी सिंह, किशोरी महतो, इन्दिरा मल्ल, ज्योत्स्ना राज्यलक्ष्मी थापा र सइन्द्रबहादुर ठकुरी चयन भएका छन् । उपाध्यक्ष बनेका छन्, जगदीश खड्का ।
यस्तै, महासचिव राधेश्याम थापा र सह–सचिव केशरी श्रेष्ठ, पद्मा ताम्राकार, अशोकमान वैद्य, सुदर्शन भट्टराई, विसन्तर शाक्य, मीरा रञ्जित र प्रकाश महर्जन छन् । तीन सय ६८ सदस्यीय व्यवस्थापन समिति पनि गठन भएको छ ।
प्रकाश चित्रकार, टंकनारायण राजवंशी, द्वारिकामानसिंह प्रधान, रिना तुलाचन, जमुना शेरचन, ऋषिबाबु परियार, सइन्द्र वान्तवा, परशुराम तामाङ, रामकृष्ण पन्त, प्रा.डा. उषा ठाकुर, राजाराम श्रेष्ठ सदस्य चयन भएका छन् ।
यस्तै, कान्छा गुरुङ, यङकेशरी पाण्डे, शेष चाँदतारा, अधिवक्ता विष्णु भट्टराई, विष्णुप्रसाद शर्मा, अनिल बस्नेत, ध्रुव महर्जन, शुभद्रा विश्वकर्मा, मीरा राणा, इन्द्रबहादुर शाक्य, रेवती कार्की, रामु राई, धनेन्द्र बस्नेत, मणिराज तामाङ, टंकबहादुर श्रेष्ठ, सलिम खान गौस, दहिन्द्रबहादुर ठकुरी, सदयसमशेर जबरा, केशव भण्डारी, शंकर पौडेल, प्रदीपविक्रम राण, प्रा.डा. सुष्मा आचार्य, प्रा.डा. अवधेशकुमार ठाकुर, माइला तामाङ, केशव भण्डारी, इन्द्रकुमार चाम्लिङ, शंकर पौडेल, विक्रमबहादुर बमलगायत सदस्य छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४