सोमबार, चैत ९, २०८२

नेपालमा फेला परेका नयाँ भेरियन्ट 'डेल्टा र कप्पा'

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका विभिन्न भेरियन्टहरूको नामाकरण गरेको छ। संगठनले यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनि नामाकरण गरेको छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका विभिन्न भेरियन्टहरूको नामाकरण गरेको छ। संगठनले यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनि नामाकरण गरेको छ। 

National life

केही समय अगाडि भारतले भारतमा पहिला यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना भएको थियो। भारतमै फेला परेको अर्को भेरियन्ट B.1.617.1 लाई ‘कप्पा’ नाम दिइएको छ।

जहाँ भेरिअन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको थियो तर स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको बिविसीले जनाएको छ। कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको भनिएको छ।

भारतमै फेला परेका  B.1.6.17.2 र B.1.617.1 भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ। त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने भएको छ।

प्रकाशित: Jun 01, 2021| 03:24 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्