शनिबार, कात्तिक ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माउन्टेन बाइकर नारायणप्रति श्रद्धाञ्‍जली : तिमीलाई मिस गर्नेर्छौं, कृपया फर्केर आऊ !

माउन्टेन बाइकर नारायणप्रति श्रद्धाञ्‍जली : तिमीलाई मिस गर्नेर्छौं, कृपया फर्केर आऊ !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– ‘तिमीलाई धेरै मिस गर्नेर्छौं, तिमी नरहेको विश्वास गर्न सकेका छैनौं । कृपया फर्केर आऊ । तिमी सबै युवा माउन्टेन बाइकरका प्रेरणाको स्रोत थियौ ।’ 

चर्चित् माउन्टेन बाइकर नारायणगोपाल महर्जनको फेसबुक पेजमा बिहीबार बिहान उनका प्रशंसक शैलेन्द्र डंगोलले लेखेका शब्द हुन्, यी । 

श्रीलंकामा आयोजित ‘रम्बल इन दी जंगल २०१८’मा भाग लिन गएका उनको स्थानीय नदीमा डुबेर निधन भएको खबरले परिवार मात्र नभई उनका साथीभाइ र प्रशंसकहरूलाई स्तब्ध बनायो । उनलाई ‘ट्याग’ गर्दै श्रद्धाञ्जली र शोकका वाक्य लेखिरहेका छन्, फेसबुक पेजमा उनका साथीभाइ र प्रशंसकहरू । 

३३ वर्षका उनी राष्ट्रिय एथलेट पनि थिए । साइकलबाटै मुलुकका ग्रामीण भेग डुलिहिँड्ने महर्जनले त्यसैलाई प्यासन बनाएका थिए । त्यसैले त, उनलाई साथीभाइले उपनाम नै दिएका थिए, ‘साइकले’।श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एयरलाइन्सको आयोजना रहेको ‘रम्बल इन दी जंगल २०१८’मा उनी दोस्रो स्थान प्राप्त गर्न सफल भए । तर, त्यो खुशी परिवार र साथीभाइमाझ साट्न पाएनन् । 

स्थानीय प्रहरीका अनुसार ३३ वर्षीय ‘अफरोड साइक्लिस्ट’ साइकलसहित महावेली नदीमा खस्न पुगे । त्यतिबेला उनी ‘रम्बल इन दी जंगल’ अन्तर्गत्कै ‘अफरोड बाइसाइकल रेस’मा सहभागी थिए । 

नदीले बगाएर पाँच सय मिटर टाढा पुर्‍याएका उनलाई उद्धार गरेर स्थानीय क्यान्डी जनरल अस्पताल पुर्‍याइएको थियो । चिकित्सकहरूले मृत घोषणा गरे ।महर्जन ‘एसियन माउन्टेन बाइसाइकल च्याम्पियनसिप’मा आठौं स्थानप्राप्त खेलाडी थिए । फिलिपिन्समा आयोजना हुने ‘एसियन एमटीबी च्याम्पियनसिप’का लागि छनोट भएका थिए । 

राष्ट्रिय खेलकुद परिषद्को ‘माउन्टेन बाइक क्रस कन्ट्री’का स्वर्ण पदक विजेता पनि थिए, महर्जन । उनको पार्थिव शरीर महावेली नदीमै दाहसंस्कार गरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।