सोमबार, जेठ ४, २०८३

कोरोनाविरुद्धको खोप लगाएको कति समयपछि रक्तदान गर्न सकिन्छ?

कोरोना संक्रमणका कारण देशभर रगतको अभाव हुने गरेको छ। कोरोना महामारीमा रक्तदान गर्न मानिस त्यसै पनि हिचकिचाउन थालेका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- कोरोना संक्रमणका कारण देशभर रगतको अभाव हुने गरेको छ। कोरोना महामारीमा रक्तदान गर्न मानिस त्यसै पनि हिचकिचाउन थालेका छन्।

National life

कोरोनाविरुद्धको खोप लगाइसकेपछि मानिसमा कति समयपछि रक्तदान गर्ने भन्ने अन्यौलता पाइन्छ। त्यसका साथै खोप लगाइसकेपछि शरीर थप कमजोर हुन्छ भन्ने मानसिकता पाइन्छ।

चिकित्सकका अनुसार धेरै मानिसमा कोरोनाविरुद्धको खोप लगाउँदा शरीरमा एन्टिबडि कमजोर बन्ने गलत मानसिकता पाइन्छ। मानिसमा रगतको कमीले अन्य थुप्रै समस्या पैदा हुने गलत धारणा छ।

चिकित्सकका अनुसार कोरोनाविरुद्धको खोपको दुवै डोज लगाइसकेका पूर्ण रुपमा स्वस्थ मानिसले एक हप्तापछि खोप लगाउन सक्छन्। शरीरमा कमजोरी भए, ज्वरो आउँदा वा अन्य कुनै रोग हुँदा रक्तदान गर्न मिल्दैन। खोपको पहिलो डोज लगाइसकेपछि रक्तदान गर्नु हुँदैन। तर, स्वस्थ महशुस भएपछि खोप लगाएको एक हप्तापछि रक्तदान गर्न सकिन्छ

मनमा कुनै दुविदा भए चिकित्सकसँग परामर्श लिनुपर्छ। चिकित्सकसँग भ्याक्सिनको नाम, लगाएको मिति बताउनुपर्छ। भ्याक्सिनको कुनै साइड इफेक्ट भए रक्तदान गर्नु हुँदैन। 

भ्याक्सिन लगाएका बच्चालाई दूध चुसाउने महिला र गर्भवतीले रक्तदान गर्न मिल्दैन। कुनै एन्टीबायोटिक औषधि सेवन गरिरहेका मानिसले पनि रक्तदान गर्नु हुँदैन।

रक्तदान गर्न जाँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउनुपर्छ। दुवै डोज खोप लगाएको भन्दै लापरबाही गर्नु हुँदैन।

प्रकाशित: Jun 01, 2021| 01:29 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्