सोमबार, साउन १८, २०८३

एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय

कोरोना महामारी बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो। यसअघि जेठ १३ गतेदेखि एसईई सञ्चालन गर्ने भनिए पनि निषेध आदेशका कारण परीक्षा सञ्चालन हुन सकेको थिएन।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- सरकारले यो वर्षको एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो। 

कोरोना महामारी बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो। यसअघि जेठ १३ गतेदेखि एसईई सञ्चालन गर्ने भनिए पनि निषेध आदेशका कारण परीक्षा सञ्चालन हुन सकेको थिएन।

गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो। गत वर्ष कक्षा ११ मा पनि आन्तरिक मूल्यांकनबाट कक्षा चढाइएको थियो। कक्षा १२ मा भने ४० प्रतिशत भारको लिखित परीक्षा आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो।

प्रकाशित: May 31, 2021| 17:07 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्