शुक्रबार, साउन ८, २०८३

भारतको हरियाणा सरकारले दियो यौनकर्मीलाई कोरोनाको खोप

भारतको हरियाणा सरकारले यौनकर्मी तथा यौनिक अल्पसंख्यकलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको छ।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

एजेन्सी- भारतको हरियाणा सरकारले यौनकर्मी तथा यौनिक अल्पसंख्यकलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको छ।

हरियाणाको गुरुग्रामा यौनकर्मी र यौनिक अल्पसंख्यकका लागि विशेष खोप कार्यक्रम सुरु गरिएको हो।

सेन्टर गुडगाउँको डुंडाहेडा क्षेत्रमा खोप क्याम्प लगाइएको अधिकारीहरुले जनाएका छन्। निःशुल्क खोप अभियानको नेतृत्व जिल्ला प्रशासन कार्यालयले गरेको छ।

सोमबार गुरुग्रामका सिभिल सर्जन वीरेन्द्र यादवले खोप अभियानको उद्घाटन गरेका थिए।

यादवले अहिले भारतमा पहिलो पटक यौनकर्मी र यौनिक अल्पसंख्यकहरुलाई कोरोनाविरुद्धको खोप दिइएको बताए। उनले पहिलो डोज खोप दिन लागिएको बताउँदै तोकिएको समयमा दोस्रो डोज खोप दिइने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: May 31, 2021| 10:22 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।