शुक्रबार, साउन ८, २०८३

चीनमा अब तीन सन्तान जन्माउन पाइने

दुई सन्तान नीति आएको केही वर्षमै चीन सरकारले तीन सन्तान नीति घोषणा गरेको हो।
 |  सोमबार, जेठ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १७, २०७८

काठमाडौं- चीनमा अब तीन सन्तान जन्माउन पाइने भएको छ। त्यहाँको जोडीले यसअघि बढीमा दुई सन्तान जन्माउन पाउँथे।

दुई सन्तान नीति आएको केही वर्षमै चीन सरकारले तीन सन्तान नीति घोषणा गरेको हो। त्यसअघि लामो समयसम्म चीनमा एक सन्तान नीति लागू भएको थियो।

राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्यूरो बैठकमा यो नीतिलाई प्रमाणित गरिदिएको सिन्ह्वाले जनाएको छ।

चीनमा यसअघिको एक सन्तान नीति र केही वर्षयताको दुई सन्तान नीतिका कारण निकै सुस्त गतिमा जनसंख्या वृद्धि भइरहेको छ। 

तीन सन्तान नीतिले अब बेइजिङमा घट्दो जनसंख्याको प्रभाव न्यूनीकरणका लागि मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

यसै महिनाको सुरुवातमा सार्वजनिक गरिएको चीनको पछिल्लो जनगणनाको तथ्यांकअनुसार गत वर्ष त्यहाँ लगभग १ करोड २० लाख बच्चा जन्मिएका छन्।

सन् २०१६ मा त्यहाँ १ करोड ८० लाख बच्चा जन्मिएका थिए। गत वर्ष सन् १९६० पछि कम बच्चा जन्मिएका हुन्।

प्रकाशित: May 31, 2021| 08:45 सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।